प्रधानमन्त्री ओली र प्रचण्डबीच कार्यदलको प्रतिवेदनमाथि बालुवाटारमा छलफल शुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल जारी छ।

नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनमाथि ओली र प्रचण्डबीच छलफल सुरु भएको जनाएको छ।

दुई नेताबीच बालुवाटारमा बिहान १० बजेअघिदेखि भेटवार्ता शुरू भएको हो।

नेकपा विवाद सुल्झाउन गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो। त्यसैमाथि दुवै अध्यक्षबीच छलफल सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए।

दुवै अध्यक्षले विवाद मिलाउन साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरेका थिए। कार्यदलले भदौ ६ गते समाधानको उपचायसहित १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।

कार्यदलले दुवै अध्यक्षको जिम्मेवारी छुट्याएको छ। ओलीले सरकार सञ्चालन गर्न र प्रचण्डले पार्टी चलाउने जिम्मेवारी बाडफाँड गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।