नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ वर्षीय पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।