उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

राष्ट्रपति पौडेलले उपनिर्वाचनलाई सुरक्षित, भयमुक्त र शान्तिपूर्ण बनाउन नेपाली सेना परिचालन गर्ने निर्णयलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको निर्णय र प्रधानमन्त्रीको सिफारिसअनुसार संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति प्रदान गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।