बाटोको निहुँमा कुटपिट हुँदा महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान। सिरहाको अर्नमा गाउँपालिका-५ कृष्णपुरमा बाटोको विषयलाई लिएर विवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ।

बाटोको विषयमा स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयको लाठी प्रहारबाट ती महिलाको अनुहार र शरीरका भित्री भागमा चोट लागेको थियो। जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउतलाई पक्राउ सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।