आफूलाई जोडेर प्रचार गरिएको भ्रामक प्रचारप्रति सांसद प्रेम तामाङको गम्भीर ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाका सांसद प्रेम तामाङले आफूलाई जोडेर प्रचार गरिएको समाचार प्रति आपत्ती जनाएका छन् ।

केही दिनदेखि राजनीतिक पूर्वाग्रह साँधेर सामाजिक सञ्जालमार्फत भ्रम समाचार प्रचार प्रसार गरेको भन्दै विज्ञप्ती निकालेर आपत्ती जनाएका हुन् ।

एक अनलाइनले तथ्यहिन, ,असत्य ,झुठो र भ्रामक समाचार पोष्ट गरेर चरित्र हत्या गरेको तामाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सांसद तामाङले ईन्द्र सापकोटा सँगको अडियोमा कुरा गरेको आवाज आफ्नो नभएको भन्दै प्रविधिको विकास उच्चतम ढंगले भएको वर्तमान अवस्थामा निष्पक्ष अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन अनुरोध समेत गरेका छन् ।

सँग मेरो कयौँ छलफलका विषयहरू हुन सक्लान् उनीसँग कुरा गर्न मैले नेपाल कम्युनिस्ट पार्टीको शक्ति दुरुपयोग गर्नै पर्दैन किनभने उनीसँग मेरो बारम्बार फोन सम्पर्क र भेटघाट भइरहेको छ,”–सांसद तामाङले भने ।

उनले राजनीतिक यात्राको क्रममा आफ्नो सम्पूर्ण समयहरु जनताकै सेवामा समर्पित रहेकाले जनतासँगको सुमधुर सम्बन्ध विकसित सुन्दर समृद्ध रसुवा निर्माण गर्ने हाम्रो टिम लक्ष्य र खटाइ देखेर अत्तालिएका जनविरोधी तत्वले एउटा कमजोर पात्र र बिषयलाइ हतियार बनाई आफ्नो लक्ष्य हासिँल गर्न खोजेको उल्लेख  गरे ।

सांसद तामाङले पत्रकारिताको आचार संहिता विपरीत झुठा ,भ्रामक असत्य र तथ्यहिन समाचार सम्प्रेषण गरि आम रसुवावासीलाई दिग्भ्रमित पार्ने खेल भएको बताए ।
पत्रकारिता जस्तो गरिमामय र मर्यादित पेशाकै बदनाम हुने गरि ईडिईभी अनलाइनको प्रयोग गरेर हामीलाई सिध्याउने असफल र अपराधीक प्रयास मात्र भएको उनको भनाई छ ।
सांसद तामाङले आफ्नो चरित्र हत्या गरि राजनीतिक जीवन सिध्याउने मात्र होइन भौतिक रुपमा नै समाप्त गरि आफ्नो फोहोरी राजनीतिक अभिष्ट पूरा गर्ने दिवास्वप्न देखिरहने केहि अदृश्य शक्ति पर्दा पछाडि बाट निकै कसरत गरिरहेको उल्लेख गरे ।

उनले आफ्ना विरुद्धमा छरिएका भ्रमहरुका बारेमा सत्यतथ्य कुरा जनताको बिचमा पुर्याउन, दोषीलाई कारबाही गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।