काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार साँझ उनकै निवासमा निधन भएको हो ।
नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।
Comment