फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्यले पुनः तोलामा एक लाख नाघेकाे छ।

साेमबारकाे तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर मंगलबार सुनको मूल्य एक लाख चार सय रुपैयाँ पुगेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा काराेबार भएकाे थियाे। अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ।

मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ। त्यस्तै चाँदी भने प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।