वागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला, हेटौँडामा सोमबार गरिएको परीक्षणमा उपसभामुख तामाङलाई कोरोनाको संक्रमण पुष्टि भएको हो। उपसभामुख तामाङसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।

नुवाकोटाको दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका क्रममा उपभासमुख तामाङको स्वाब परीक्षण गरिएको थियो।

सभामुख तामाङ र उनका छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।