उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका  १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ रहेको छ । जसमा १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किसकेका छन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।