असाेज २ गते शुक्रवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २ कार्तिक २०८१ | शुक्रवार १८-अक्टोबर २०२४। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि, १५ः०२ बजेपछि द्वितीया। अश्विनी नक्षत्र, १६ः०५ बजेपछि भरणी। चन्द्रराशि मेष।

आजको राशिफल

मेष : सञ्चित धन खर्च हुनेछ। आफ्ना हातले ठुलो व्यवहार नगर्नु राम्रो हुनेछ। साथी र संगठनको बलमा समाजमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारको साथ मिल्नेछ।

वृष : तपाईंको बोलीमा मोहनी भएकाले धेरै मानिस प्रभावित हुनेछन्। तपाईंको सफलता देखेर जल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा राम्रो फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुन : व्यवहारमा लामो समयदेखि देखिएको समस्याको समाधान हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। तपाईंका विश्वास पात्रले विपक्षीको कित्तामा वकालत गर्दै गरेको सुन्नुपर्ने हुनसक्छ। परिवारसँग रमाइलो यात्रा तय हुनेछ।

कर्कट : शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाम र दाम प्राप्त हुने योग छ। राजनीतिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने मानिस सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंका काम बन्नेछन्।

सिंह : महत्त्वपूर्ण काम गर्नु भन्दा अगाडि बन्धुसँग सल्लाह गर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। खानामा अरुचि बढ्नसक्छ।

कन्या : लगानीका क्षेत्र सबल छन्। तपाईंको खर्च भन्दा आम्दानी राम्रो छ। परिवारमा साथ र सहयोग गर्नेको संख्या ठुलो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको कला र गलाको प्रशंसा हुनेछ। धन आर्जनको क्षेत्रमध्ये वैदेशिक लगानीमा उत्साह मिल्नेछ। परिवारको तर्फबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा भएका विसंगतीविरुद्ध आवाज उठाउने अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै धन आर्जनको बाटो भेटिने छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

धनु : गुम्न लागेको धन हात लाग्नेछ। पुरानो रोग बल्झिने खतरा भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। संकटमा परिवारको भने राम्रो साथ र सहयोग मिल्नेछ। प्रेम सफल बन्नेछ।

मकर : अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशन्त बन्नसक्छ। आफन्त र साथीभाइको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। राजनीतिक संगठनको बलमा सोचेका काम सफल बन्नेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुनै योजना बनाएको भए साथीभाइको साथ मिल्नेछ। योजना सार्वजनिक गर्नु भन्दा सुरुमै काम गर्नु राम्रो हुनेछ।

मीन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। खानपानमा ख्याल नगर्ने बानीले रोगले सताउनसक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।