अमेरिकाको ‘डिभी कार्यक्रम-२०२६’ को आवेदन खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिकाको ‘डाइभर्सिटी भिसा’ (डिभी) कार्यक्रमको आवेदन बुधबार रातिदेखि खुला भएको छ।

वर्ष २०२६ का लागि डिभी कार्यक्रमअन्तर्गत आवेदन कार्यक्रम बुधबार (अक्टोबर २) राति ९ः४५ बाट खुल्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

‘डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने’ अमेरिकाले जनाउने गरेको छ। नेपालस्थित दूतावासको सूचनामा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन आग्रह गरिएको छ।

‘एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्,’ फेसबुकमा सार्वजनिक गरिएको सूचनामा भनिएको छ।

अक्टोबर २ बाट सुरु हुने आवेदन नोभेम्बर ५ को राति १०ः४५ बजे (नेपाली समय) सम्म खुला रहनेछ। अमेरिकाले हरेक वर्ष डिभी कार्यक्रममार्फत विश्वका विभिन्न देशबाट ५० हजार आप्रवासी भित्र्याउने गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।