सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। न्यायपरिषदको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ ।

बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएको अवस्थमा सर्वोच्चमा सिफारिस भएका निरौला प्रधानन्यायाधीश बन्नेछन्। ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला करिवदुई महिनाका लागि प्रधानन्यायाधीश बन्नेछन् ।

निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । साथै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए । सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डे अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।