सुनसरी । कोशी ब्यारेज पुलबाट सप्तकोशी नदीमा खसेको यात्रुबहाक बसबाट २६ जनाको सकुसल उद्धार भएको छ।
को१ख ४६०१ नम्बरको बस बिहीबार साँझ ब्यारेजको ३६ नम्बर ढोकानजिकबाट नदीमा खसेको थियो।
२६ जना यात्रुको उद्धार गरिए पनि के कति यात्रु थिए भनेर यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
नरसिंह डिलक्स बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो। बस अनियन्त्रित भएर बस पुलको बार भत्काउँदै नदीमा खसेको थियो।
अहिले प्रहरी र स्थानीय उद्दारमा खटिएका छन्।
Comment