अपडेट : सप्तकोशीमा खसेको बसबाट २० जनाको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको सकुशल उद्दार गरिएको छ।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट २० जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बसमा सवार थप यात्रुको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ। यात्रुको उद्दारमा सुनसरी र सप्तरीका प्रहरी परिचालन भएका छन्।

बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।