सरकारले खोल्यो सुपारी, केराउ र मरिच आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सुपारी, मरिच (कालो तथा सेतो) र केराउको आयात खुला गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका सुपारी, केराउ र मरिच आयात खुलाइएको जानकारी दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच र केराउमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

व्यवसायीले ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८’ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने मन्त्रालयले जनाएको छ ।

सरकारले आयात खुलाए पनि कुन वस्तु कति परिमाणमा आयात गर्न दिने भन्ने कारे केही खुलाएको छैन । सरकारले व्यापारिक प्रयोजनाका लागि भने यी वस्तु माथिकाे प्रतिबन्ध कायमै राखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।