युनिलिभरले घोषणा गर्यो इतिहासकै धेरै लाभांश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको असोज ९ गते बसेको बैठकले सेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले घोषणा गरेको यो लाभांश इतिहासकै धेरै हो । यसअघि कम्पनीले आव २०७९/८० मा १५८० प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रस्तावति लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा डाकेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज तोकेको छ । सो अनुसार असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।