प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।

उनीहरुबीच बीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ। 

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।