आज तीन संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको  छ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । कार्य सूचिअनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।