अर्थ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बोलाइएको छ। बैठकमा समितिको आन्तरिक छलफल हुने बताइएको छ।

त्यस्तै बिहान ११ बजे नै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बोलाइएको छ।  

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुने कार्यसूची रहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।