सिन्धुपाल्चोक पहिरो अपडेट : चारको शव भेटियो, ३४ बेपत्ता (तस्वीरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा मा गएको पहिरोमा पुरिएको चार जनाको शव भेटिएको छ। अझै ३४ जना वेपत्ता रहेका छन्।

आज बिहान ६ बजे चार सय मिटर माथिबाट आएको पहिरोले लिदी गाउँका ३७ घर पुरिएका छन्। घर पुरिँदा ३८ जना वेपत्ता भएका हुन्।

बेपत्ता भएकामध्ये शुक्रबार मध्याह्न चार जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।

पहिरोमा पुरिएकाहरुको जोखीमा स्थानीय वासिन्दासँगै नेपाली सेना टोली खटिएको छ। नेपाली सेनाको टोली हेलिकप्टरमार्फत सिन्धुपाल्चोक पुगेको हो।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। केहीबेरमा दुवै टोली पुग्ने जनाएको छ।

बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)

१.छविलाल दोङ

२.सोमरानी दोङ

३.धनलक्ष्मी

४.शिरमाया दोङ

५.विवरानी दोङ

६.साहिँली दोङ

७.बिबी लक्ष्मी

८.सानुकान्छा

९.साङलामो दोङ

१०सोनाम दोङ

११.हिरा भक्ति

१२.जीते झाँक्री

१३.सानुकान्छी दोङ(गर्भवती)

१४.दिन्दुस दोङ

१५.सुरज दोङ

१६.करेसमाई दोङ

१७.च्यामा दोङ

१८सानु दोङ

१९.टीकामाई दोङ

२०.छिरिङ दोङ

२१.मानबहादुर दोङ

२२.जयबहादुर दोङ

२३.प्रिया दोङ

२४.प्रीति दोङ

२५.कान्छी दोङ

२६.सानुकान्छी दोङ

२७.वाङ्ची लामा दोङ

२८.धनमाया तामाङ दोङ

२९.रेनिस दोङ

३०.मेकमाई दोङ

३१.मिलन दोङ

३२.विमला दोङ

३३.माइला पराङ

३४.प्रकाश दोङ

३५.साइली दोङ

३६.आयुश दोङ

३७.सुवास तामाङ

३८.टीकामाई दोङ

सबै तस्वीरहरू सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट लिइएको हो।






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।