हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुन्छन्: मन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनमा मन्त्रालय सम्बद्ध ऐनहरु संशोधन हुने बताएका छन्।

मंगलबार नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे संसद्को बजेट अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशन अगावै ऐनहरुलाई मूर्त रुप दिने आश्वासन दिए।

मन्त्री पाण्डेले भने, ‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ। हामीले पर्यटन, संस्कृति, हवाई उड्यनलगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं। संसद्को हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिमरुप दिनेछौं।’

मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरे। उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको बताए।

फरक प्रशंगमा मन्त्री पाण्डेले मुलुकको स्थायीत्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको बताए। मन्त्री पाण्डे भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन । यो स्वभाविक पनि छैन। तर स्थीर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं । यो सरकार ०८४ सम्मै चल्छ।’

उनले मुलकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा माओवादी, राप्रपा लगायत मधेशवादी दलहरुसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।