राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टीको घोषणा गरेका छन्। 

केही समयदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक अभियान चलाइरहेका महतोले मंगलबार विधिवत रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’को घोषणा गरेका हुन्।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालको राष्ट्रिय समिति बैठकमा अवसरमा महतोले पार्टीको घोषणा गरेका हुन्। 

आगामी कार्तिकमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता गराउने र पार्टीको अध्यक्ष आफैँ रहने समेत उनले बताएका छन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले गत फागुनमा उक्त अभियानको सुरुवात गरेका थिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेपछि उनले नयाँ अभियानको थालनी गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।