यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको विनियमदर हिजो अस्तीकै यथावत छ। तर, यूरो, पाउन्ड, अस्ट्रेलियन डलर र कुबेती दिनार भने महँगिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा छ। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०१ पैसा थियो। 

आज यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९० रुपैयाँ १८ पैसा थियो। 

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम भएको छ। 

हिजो र अस्ती पनि साउदी रियाल यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ। हिजो र अस्ती पनि पनि कतारी रियाल यही मूल्यमा कारोबार भएको थियो। 

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ। हिजो र अस्ती पनि यूएई दिराम यही मूल्यमा कारोबार भएको थियो। 

आज मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा कायम भएको छ। हिजो र अस्ती पनि मलेसियन रिङ्गेट यही मूल्यमा कारोबार भएको थियो। 

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा कायम भएको छ। हिजो हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २६ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९४ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९४ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।