शाखा विस्तारमा आक्रमक बन्दै भाटभटेनी, ३० औं स्टोर ललितपुरको हात्तीवनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भाटभटेनी सुपरमार्केट्स आक्रमक रुपमा शाखा विस्तारमा लागेको छ । गत साता मात्रै दुई नयाँ शाखाको शिलान्यास गरेको भाटभटेनीले सोमबार ललितपुरको हात्तीवनमा अर्को शाखाको शिलान्यास गरेको हो ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङ र उनी श्रीमती सावित्री गुरुङले सोमबार हात्तीवनको क्लासिक चोकमा ३०औँ स्टोर निर्माणका लागि भूमि पूजन गरेका हुन् ।

भाटभटेनीले गत भदौ २४ गते पोखराको तालचोक २८ औं र २६ गते चितवनको टाँडीमा २९ औं शाखा निर्माणका लागि भूमि पूजन गरिएको थियो ।

हात्तीवनमा करिब ७ रोपनी जग्गामा भाटभटेनी निर्माण थालिएको हो । ७ तले उक्त भवन १ वर्ष भित्रै सक्ने लक्ष्य राखिएको छ । हात्तीवनको भाटभटेनी संचालनमा आएपछि थप ४०० जनाले रोजगारी पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।