अनलाइनबाट कम्पनी दर्ता अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइनबाटै नयाँ कम्पनी दर्ता गर्ने व्यवस्था अनिश्चितकालका लागि बन्द भएको छ ।

सर्वोच्च अदालतले भदौ १८ गते कम्पनी रजिस्ट्रारको कार्यालयलाई नयाँ सफ्टवेयर प्रयोग कार्यान्वयन नगर्न, नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अनलाइनबाटै कम्पनी दर्ता सेवा बन्द भएको हो ।

कम्पनी रजिष्टार कार्यालयले एक सूचना जारी गर्दै अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द भएको जानकारी गराएको हो ।

कार्यालयले कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (सीएएमआइएस) नामक सफ्टवेयर जडान गरी गत असार २१ गतेदेखि कम्पनी दर्तादेखि अन्य सेवा अनलाइन प्रणालीबाट दिइरहेको थियो ।

कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजान नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले कार्यालयले असार १९ गते, साउन १७ गते, भदौ ९ गते र भदौ १६ मा गरेका सबै निर्णयहरु कार्यान्वयनमा पनि रोक लगाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।