पर्यटन बोर्डको सिईओबाट जोशीलाई हटाउन भएन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण माग गरेको छ। 

सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले निवेदकको माग वमोजिम अन्तरिम आदेश दिनुनपर्ने ठहर समेत गरेको छ। 

सर्वोच्चले कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकार र विपक्षीको नाममा कारण देखाऊ आदेश मात्र जारी भएपछि तत्काल कामकारबाही नरोकिने भएको छ। पर्यटन बोर्डमा गैरकानुनी तबरबाट दीपकराज जोशीको नियुक्ति भएको दाबीसहित सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले रिट दिएका थिए। 

जोशीलाई हटाएर आफु हुनुपर्ने मागदाबीसहित रेग्मीले मंगलबार रिट दिएका हुन्। जोशीले सीईओको प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेको जिकिर लिएका छन्। 

रिट निवेदक रेग्मीले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन सर्वोच्चसँग माग राखेका छन्। गत बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई बोर्डको सीईओ नियुक्त गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।