होटल तथा रेष्टुरेन्टले अनलाइनबाट भुक्तानी गर्ने ग्राहकलाई १०% भ्याट फिर्ता गर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक राजस्व विभागले होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई अनलाइनमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार उक्त रकम बैंक खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार मदिरा पिउने केन्द्र (बार)बाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाइने छ ।

डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।