प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  न्याय परिषद्ले असोज २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको छ।

पषिदले संवैधानिक व्यवस्था वमोजिम सर्वोच्चमा तीन वर्ष कार्यावधि पुगेका न्यायाधीशहरूको नाम पठाएको हो। परिषदले सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चूडाल र नहकुल सुवेदीको नाम पठाएको हो। 

संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदका लागि योग्य हुने उल्लेख छ। संविधानतः प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै नियुक्ति प्रक्रियाका लागि योग्य न्यायधाीशको सूची सिफारिस गर्नुपर्ने व्यवस्था छ। 

न्यायपरिषदले पठाएका नामहरुमध्ये न्यायाधीश राउत वरिष्ठ न्यायाधीश हुन । संवैधानिक परिषदले वरिष्ठताक्रमअनुसार नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने परम्परा छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।