काठमाडौं । कर्मचारीको खाजा समय आधा घन्टा कम गरिएको छ ।
अबदेखि दिउँसो १ः३० देखि २ बजेसम्मलाई खाजा समय तोकिएको छ । यसअघि १ देखि २ बजेसम्म खाजा समय हुने गर्दथ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै खाजा समय घटाइएको जानकारी दिएका हुन् । कर्मचारीले सो नियम उल्लंघन गरेमा हेला सरकारमा उजुरी गर्न उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन् ।
Comment