पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपती रिन्युएबल्स लिमिटेडलेले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाउने कम्पनीका अध्यक्ष शाहले बताए ।वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको उक्त कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना पहिलो र १५ मेगावाटको धरमनगर सोलार फार्म दोस्रो आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।