सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्छुः मन्त्री गुप्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन्।

उनले भने,’ आज यस विधेयकमा माननीयज्यूहरूले जे सुझाव, सल्लाह दिनुभयो। ठिकै हो, १ हजार ५८३ वटा संशोधन प्रश्ताव छ। यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ। हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौ । उहाँहरूको निर्देशन लिन्छौँ र छलफल गरेर अगाडि बढ्छौँ।’

समितिमा आजदेखि विधेयकमाथिकाे सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। 

उनले यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन समिति समक्ष आग्रह गरे। उनले भने,’ म सभापति र माननीयज्युहरुलाई के आग्रह गर्छु भने यो समितिमा थुप्रै विधेयकहरू छन्। तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिऊँ।’

मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न उठाएका थिए। 

सो प्रश्नको जवाफ दिदैँ उनले काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकोले बाध्य भएर भ्रमण रद्द गर्नु परेको जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।