समाजवाद उन्मुख नभई राष्ट्रिय पुँजीको विकास सम्भव छैन: नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभई राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा ‘नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक’ विचार गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन्।

उनले समाजवादको आंशिक पक्षहरूको कार्यान्वयन गर्दै त्यसलाई विस्तारित गर्ने र एउटा बिन्दुमा पुग्नुपर्ने बताए। 

‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ, नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो। सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मूलभुत रूपमा कहाँकहाँ खोज्नुहुन्छ के अरु कुरा? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन। अवशेषको रुपमा छ। त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ। राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त? भन्नेकुरा छ। एउटा कुरा प्रस्ट भन्न चाहन्छु– हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन। राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभई बन्दै बन्दैन। समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई विस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ,’ उनले भने।

—न्युज एजेन्सी नेपाल

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।