एससीटीले ल्यायो ‘तिर्की दाउ, ट्रेलर अफर’, ७७७ रुपैयाँसम्म क्यासब्याक पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले ‘तिर्की दाउः ट्रेलर अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत एससीटी-यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएस मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्म क्यासब्याक प्राउने छन् ।

हालसम्म एससीटी–यूपीआइ डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसंग आबद्ध बैंक तथा वित्तीय संस्थाहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी-यूपीआइ डेबिट कार्ड प्रयोग गरेमा १११ रुपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० रुपैयाँ वा सोभन्दा धेरै हुनपर्नेछ । एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।

भारतमा पनि नेपाली रुपैयाँ २ हजार ५०० रुपैयाँ वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा २५० रुपैयाँ क्यासब्याक पाउने छन् । यो अफर सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।