एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । 

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले समाज भड्काउन खोजेको आरोप लगाएका थिए । सत्ताविमुख भएपछि प्रचण्डले त्यस्तो दुष्प्रयास गरिरहेको बताएका थिए ।

“केही मान्छेहरू भड्काउने, विद्रोह गराउने दुष्प्रयासमा छन् । थोरै भोट ल्याए पनि सत्तामा कहिले पनि छुटेनन्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “सत्तामा रहँदा आफू बिगार्ने अनि बाहिरिनबित्तिकै विद्रोह गराउने मान्छे, उचाल्ने खेतीपाती गरिरहेका छन् । त्यो सफल हुँदैन ।” 

बैठकमा ओलीले कांग्रेससँग समीकरण गर्नुपर्नाको कारणबारे ब्रिफिङ गरेका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।