राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो। बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदूत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए।

उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए।

उनले भने, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ। यसो आउँदै छ, उनीहरुसँग के कुरा गर्ने? त्यो पनि ख्याल गर्नुहोला। राजदूत अहिले त सिफारिस भएको छ। भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ। राजदूत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानार्षकण गराउने।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।