संविधान र कानुनले महिलालाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् । प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा  मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रपति पौडेलले महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको बताए ।

उनले भने,‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै छ । तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ ।’

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्बर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरू, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।