ट्याक्सी चालकलाई कुटपिट गरी फरार व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं चन्द्रागिरि नगरपालिका-६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ चोकबाट हिजो पक्राउ गरेको हो।

अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २ चैत २०७६ राति चन्द्रागिरि नगरपालिका-१५ विष्णुदेवी घर भएका बा. २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा र इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार रहेका थिए।

उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको वृत्तले जनाएको छ।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।