मुस्ताङको थासाङमा पुनः हिमपहिरो, बोक्सीखोला थुनियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ पुनःहिमपहिरो खसेको छ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, मङ्गलवारको हिमपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ।’

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो। मङ्गलवार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो।

आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ। यसअघि वि.सं. २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।