‘भदौ १६ बाट हवाई उडान सुचारु नगरे आन्दोलनमा जान्छौं’–वायुसेवा सञ्चालक संघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन दिने निर्णय गरेपछि अब आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध कहिले अन्त्य होला भन्ने चासो पाइन्छ।

वायुसेवा कम्पनीहरूको तर्फबाट आगाामी भदौ १६  गतेबाट देखि आन्तरिक हवाई उडान खुला गर्न सरकारलाई आग्रह गरेका छन्।

सरकारले आगाामी भदौ १६  गतेबाट देखि आन्तरिक हवाई उडान नखोले आन्दोलन गर्ने वायुसेवा कम्पनी सञ्चालकहरूले बताएका छन्। 

वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति निकाल्दै कम्पनीहरूले १ भदौदेखि उडान भर्न तयारी पूरा गरेपनि सरकारले फेरि मिति सारेको बताएका गुनासो गरे। 

विज्ञप्तिमा भनिएको छ, “महामारीले विश्वभर नै असर पारिरहँदा विश्वका सबै राष्ट्रले आन्तरिक वायुसेवा सुचारु गरेको महिनौं भइसकेको छ।”

वायु सेवा सञ्‍चालकहरूले कोरोना महामारीको समयमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ संगठन (डब्लूएचओ) र आईकाओले निर्धारण गरेको मापदण्डलाई पालना गरेर उडान भर्न तयार रहेको प्रष्‍ट्याएका छन्।

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने भन्दै उनीहरूले यदि सरकारवाट परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने तथा टिकेटिङ्ग सिष्टमबाट यात्रुहरूको कन्ट्याक्ट ट्रेसिङ्गमा सहज हुने बताएका छन्। 

आन्तरिक उडान नहुँदा बाढीपहिरो, अशक्त, बिरामी, सुत्केरी लगायतलाई उद्धारमा असर परिरहेको छ। 

लामो समयदेखि हवाई सेवा बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आश्रित दशौं हजार श्रमिकको आम्दानी गुमेको छ। वायु सेवा कम्पनीहरू समेत समस्यामा परेको उनीहरूले भनाइ छ।

मन्त्रिपरिषद्को बैठकले रोक लगाएकाले उडान खुला गर्न पनि उसकै निर्णयको खाँचो पर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।