काठमाडौं प्लाजा सकडमा पर्यो भ्वाङ, सवारी आवगमन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र सालिकबाट हात्तीसार (कृष्ण पाउरोटी)तर्फ आउने ‘वान वे’ सडक भासिएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजा नजिकै टुकुचा खाेला माथिकाे सडकमा भ्वाङ परेको हो ।

उक्त सडक गए राति नै भासिएको ट्राफिक प्रहरीले बताएको छ । भासिएको ठाउँमा प्रहरीले डोरीले घेरा हालेर राखेका छ । यो सडक यसअघि पनि भासिएको थियो ।

उक्त सडकमा रातिदेखि नै सवारी चलाउन रोक लगाइएको छ । उक्त सडक सडक विभाग अन्तर्गत पर्दछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।