काठमाडौं। प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपी सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो।
गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकोले कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बोहराले सामाजिक सञ्जालमा फेक आइडी बनाएर बदनाम गराउन खोजेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
शनिवार बोहरा कल्पनाको गोंगबुमा रहेको डेरामा पुगेका थिए। कल्पना डेरामा पुगेपछि दही, चिउरा र मासु खुवाएको देखिएको प्रहरीले जनाएको छ ।
दहीमा स्लिपिङ ट्याब्लेट खुवाएर सुताएको र लगत्तै सलले घाँटी बाँधेर काटेको देखिएको प्रहरीले जनाएको छ। चितवन घर भएकी कल्पना काठमाडौंमा छोरी र छोरासँगै बस्दै आएकी थिइन्।
यो पनि पढ्नुसः
गोंगबु हत्या प्रकरण : सुटकेससंगै फेला परेको थियो नाम्लो,स्थानीय भन्छन् : राति १ बजे ड्याङ आवाज सुने
गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक
गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान खुल्यो
गोंगबुु हत्याकाण्ड : प्रहरीसमक्ष कल्पनाको बयान‘मैले एक्लै मारेकी हुँ’
Comment