सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले आवश्यक छलफल गरी चाँडै निर्णय गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको स्वीकार गर्दै यस विषयमा सम्बद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाए ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतले भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा २० प्रतिशत हुँदा व्यापार असन्तुलन हुने बताए । उनले सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत कायम हुनुपर्ने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।