एनआईसी एशिया बैंकले साढे ९ लाख कित्ता सेयर बिक्री गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैक लिमिटेडले ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले नेपाल इन्फास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५, सूर्यज्योति लाइफ इन्योरेन्सको ५२ हजार ३४९ कित्ता सेयर गरी कुल ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले आज साउन २२ गतेदेखि २९ गतेभित्र आवेदन दिन सक्ने छन् । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाण्डौ, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः क्रमश (१) विराटनगर–३, मोरङ्ग (२) आदर्शनगर, वीरगंज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी र (६) विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।

शेयर खरिदको लागि न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । प्रत्येक कम्पनीको लागि छुट्टाछुट्टै आवेदन दिनु पर्ने छ । शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको आजको मिति २०८१\०४\२२ पश्चात् नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकमा उक्त कम्पनीहरुबाट घोषणा हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश स्वीकृत आवेदनकर्ताहरुले प्राप्त गर्ने छन् ।

साथै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको हकमा कम्पनीले आर्थिक वर्ष ७९\८० को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको १४.००५१४३ प्रतिशत बोनश शेयर समेत बाँडफाँडमा शेयर पर्न सफल स्वीकृत आवेदकहरुले प्राप्त गर्नेछन् ।

कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाण पत्र, पान दर्ता प्रमाणपत्र, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि, सदस्य दलाल कहाँ ग्राहक खाता खोल्न आवश्यक ग्राहक परिचय आदि विवरण संलग्न गर्नुपर्नेछ ।

कम्पनीको विद्यमान शेयरधनीले शेयर खरीदको लागि आवेदन पेश गरेको अवस्थामा शेयरधनी नम्बर उल्लेख गर्नुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।