आइएमई पेमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम वालेटमा प्राप्त गर्दा ग्राहकलाई १ हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा १ हजार रुपैयाँसम्म क्यास ब्याक पाउने छन् ।

यथावत रहिरहेको ‘आइएमई गरौँ,करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

यसअघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको कम्पनीले बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न, सबै प्रकारको बीमा नवीकरण लगायत थुप्रै सेवाहरूको सहजै भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।