वरिष्ठ नेता पौडेलले कांग्रेस पुनर्जागरणका लागि अघि सारे सात बुँदे दृष्टिकोण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टिकोण अगाडि सारेका छन्।

वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत कांग्रेसलाई पुनर्जीवन दिन आफ्नो सात बुँदे दृष्टिकोण अगाडि सारेका हुन्।

पार्टीलाई नवजीवन दिने सन्दर्भमा उनले भनेका छन्, ‘निमुखालाई न्याय र विपन्नलाई आय’ मर्मलाई साकार पार्न कांग्रेसको निर्माण। त्यस्तै उनले नेतृत्वमा स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचार भएको व्यक्ति हुनुपर्ने विचार राखेका छन्।

यस्तो छ पौडेलको पुनर्जागरण दृष्टिकोण :

१. पार्टीमा नवजीवन – ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण। सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि। देशभक्ति र फराकिलो राष्ट्रवादी विचार। संसद, सडक र बस्ती-बस्तीमा भरोसाको केन्द्र कांग्रेस। न्याय, पारदर्शी मुल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार।

२. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन। युवा केन्द्रित रोजगारी सिर्जना। श्रमको सम्मान गर्ने संस्कृति। एकीकृत सामाजिक सुरक्षा। सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र। जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य। मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य।

३. समुन्नतिका आधार – प्रविधि प्रयोगी दक्ष नागरिक। स्वच्छ उर्जा। उच्च उत्पादकत्व सहितको रोजगारमुखी कृषि। बहुआयामिक वातावरणमैत्री पर्यटन। प्रतिस्पर्धी बजारसँग गाँसिएको उद्योग–व्यवसाय। दुरी र लागत घटाउने पुर्वाधार।

४. हाम्रो बसोबास – स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको सञ्जाल। स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान। नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण।

५. व्यवस्थाको प्रश्न – सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना। मौलिक हक र विधिको शासनको प्रत्याभुति। भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन। बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति।

६. सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समुहबीच सहकार्य। सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण। सामाजिक पुँजीको जगमा सामुदायिक विकास।

७. परराष्ट्र सम्बन्ध – नेपालको अखण्डता र स्वाभिमानको रक्षा। बलियो अर्थ-कुटनीतिक अभ्यास। भाइचारामा आधारित असंलग्न नीति। विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।