राप्रपा संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्‍न पौने १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने वा नदिने भन्ने आधिकारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

राप्रपाको हिजो बसेको निर्देशक समितिको बैठकले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोही निर्णयलाई आज दलको बैठक औपचारिकता दिने प्रमुख सचेतक शाहीले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।