उपत्यका प्रवेश गर्ने नाकामा कडाइ,७ हजार ६ सय सवारी साधनलाई उपत्यका प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यका प्रवेशमा थप कडाइ गरिने भएको छ । कोरोना संक्रमणकोदर बढीरहेकाले प्रवेशमा कडाइ गरिने भएको हो ।

अहिलेसम्म कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउन अवधि र पछि अनुमतिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय यात्रुलाई फिर्ता पठाइएको छ । ७ हजार ६ सय सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएकोमा त्यसमा सवार १९ हजार ४ सय यात्रुलाई फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

साथै तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार जोरबिजोर प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखेर कारबाही गरिएको हो ।

देशभर अहिलेसम्म मास्क नलगाएर हिँड्ने ३ लाख ९५ हजार व्यक्ति कारबाहीमा परेका छन् । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि पछिल्लो समय फेरि ट्राफिक प्रहरीले थप संक्रियता बढाएको छ ।

संक्रमण नियन्त्रणका लागि सरकारद्वारा जारी विभिन्न मितिका आदेश, निर्देशन तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड पालना गराउन थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।