३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने भएका छन्।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘सरकारले राजीनामा गर्दैन्, ३० दिन पनि काट्दैन्। हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘कुन दिन गर्ने भन्ने निर्णय भइसकेको छैन्। तर सकेसम्म विश्वासको मत फेस गर्छाैं, राजीनामा दिने भन्ने छैन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।