एकीकृत समाजवादीको महाधिवेशन: मतदान विद्युतीय मेसिनबाट, झलनाथको नेतृत्वमा अध्यक्षमण्डल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ।

पार्टी प्रचार विभागले दिएको जानकारी अनुसार, महाधिवेशनका लागि विभिन्न कमिटीहरू गठन भएका छन्। सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

डा. गगालाल तुलाधार र डा. विजय पौडेल सम्मिलित माइन्युट कमिटी पनि गठन भएको प्रचार विभागले जनाएको छ। महाधिवेशनको मतदान प्रक्रिया इलेक्ट्रोनिक भोटिङ मेसिनबाट हुने जानकारी गराइएको छ।

कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आजदेखि बन्द सत्र सुरू हुने एकीकृत समाजवादीले जनाएको छ। महाधिवेशन यही असार २० गतेसम्म चल्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।