भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१ लाख ५२ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

दैनिक संक्रणमदरमा भारतले अमेरिकामा र ब्राजिललाई समेत उछिन्न थालेको छ।

शनिबार भारतमा एकैदिन ६५ हजार ६५ हजार १५६ जना संक्रमित थपिएका छन्। जबकी सोही अवधिमा अमेरिकामा ५३ हजार ७६१ र ब्राजिलमा ४६ हजार ३०६ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ भने यसमध्ये १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन्। कोभिड–१९ बाट भारतमा ४३ हजार ४५३ जनाको मृत्यु भएको छ। हिजो मात्र भारतमा ८७५ जनाको मृत्यु भयो। भारतमा ६ लाख २८ हजार ७६३ सक्रिय संक्रमित छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।